दफा २४
बेरुजु फछ्र्यौट समितिको काम, कर्तव्य र अधिकार
दफा २३ बमोजिम गठित बेरुजु फछ्र्यौट समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–
(क) लेखापरीक्षणबाट देखिएका मस्यौट, हिनामिना र असुल उपर गर्नुपर्ने ठहरिएको बेरुजु बाहेक सामान्य नियमित प्रक्रियाबाट फछ्र्यौट तथा संपरीक्षण हुन नसकेका कुनै संवैधानिक अंग तथा निकाय, मन्त्रालय, सचिवालय, विभाग, अदालत वा कार्यालय अन्तर्गतका बेरुजुहरू सम्बन्धित संवैधानिक अंग तथा निकाय, मन्त्रालय वा सचिवालयबाट फछ्र्यौटको निमित्त सिफारिस भई आएमा औचित्यको आधारमा त्यस्तो बेरुजु नियमित वा मिन्हा गरी बेरुजुको लगत कट्टा गरिनेछ ।
(ख) खण्ड (क) बमोजिम फछ्र्यौटको निमित्त सिफारिस गरिएका बेरुजुहरू फछ्र्यौट गर्न नमिल्ने भएमा सम्बन्धित संवैधानिक अंग तथा निकाय, मन्त्रालय वा सचिवालयलाई बेरुजु रकम नियमित वा असुल उपर गर्न लेखी पठाउने।